७ व्यक्तिको हत्यामा संलग्न सिरियल किलर सकिललाई नेपाल ल्याइयो



काठमाडौं । सिरियल किलर सकिल हुसेन मियाँलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ । विभिन्न ७ व्यक्तिको हत्यामा संलग्न सकिल ०६४ सालदेखि फरार थिए ।

उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को कतार शाखाले पक्राउ पक्राउ गरी इन्टरपोल नेपालको जिम्मा लगाएको हो । र, आइतबार उनलाई नेपाल ल्याइएको छ ।

हुसेनलाई आजै अदालतमा पेश गर्ने तयारी गरिएको छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल टिकुलिया–७, सप्तरीका हुन् । उनले आफ्नै ससुरा र सासुको समेत हत्या गरेका थिए ।

सकिलको अपराधकर्म ०६४ सालदेखि सुरु भएको हो । उनीमाथि सप्तरीको मलनियाँका आरुल मियाँ र पाण्डव पासवनको हत्या गरेको आरोप लागेको थियो । ०६८ सालमा उनी पक्राउ पनि परे । यद्यपि, आरोप पुष्टि भएन ।

त्यस्तै, ०७२ सालमा सप्तरीको पटेरवा–१ को दिहुल खोला नजिक आरुल मियाँ र पाण्डव पासवान शव भेटियो । शवको टोउको र हात काटेर गाडिएको थियो । यस घटनामा पनि सकिलको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

१० असोज ०६९ मा उनले पटेरवा–१ मा रहेका सुसुरा सहबुद मियाँ र बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० सालमा भएको दुलारी शाह र त्रिकौल गाविसको निर्मलादेवी शाहको हत्यामा पनि उनी संलग्न भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्