फागुन २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फागुन २७ गते विश्वासको मत लिनु हुने भएको छ । संसद सचिवालयले आइतबार विश्वासको मत लिने मिति तोकेको हो ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँगको छलफल र निर्णय अनुसार विश्वास मतको मिति तय गरिएको संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताउनुभयो ।

प्रधानमन्त्रीले शपथको एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । नेकपा एमालेका अध्यक्ष ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्