संसद कार्यविधि तयार गर्न सर्वदलीय बैठक शुरु



काठमाडौं । संघीय संसदकाे कार्यविधि तय गर्नको लागि  सर्वदलीय बैठक बैठक शुरु भएको छ ।

संसद सचिवालयमा भएकाे बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रियता जनता पार्टीका शिर्ष नेताहरु सहभागी छन् ।

संघीय संसदकाे साेमबार बस्ने पहिलाे बैठककाे लागि अाज सांसदहरूकाे शपथ हुँदैछ ।  संघीय संसदमा  प्रतिनिधिसभाका २ सय ७५  र राष्ट्रियसभाका ५९ गरी ३ सय ३४ सांसद छन् ।  त्यस मध्ये प्रतिनिधिसभाका २ सय  ७४ र राष्ट्रियसभाका ५६ जनाले अाज शपथ  लिँदैछन् ।

कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चाैधरी टीकापुर घटना अभियाेगमा थुनामा रहेकाे कारण शपथबाट बञ्चित भएका छन् । त्यस्तै

राष्ट्रियसभामा मनाेनित भएका अर्थमन्त्री डा युवराज खतिवडा, रामनारायण बिडारी र  बिमला पाैडेल रार्इलार्इ भने सर्वाेच्च अदालतले शपथ नगराउन अादेश दिएकाे कारण राेकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्