![](https://newsofnepal.com/wp-content/uploads/2018/03/photo.jpg)
काठमाडौंँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि आज मतदाताको नामावली प्रकाशन र उम्मेदवारी दिने कार्यक्रम रहेको छ । भोलि हुने निर्वाचनका लागि आज साँझ उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।
संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरेको छ । नेता चयनका लागि मतदन भने सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ ।
संसदमा देउवा पक्षका सांसदको बहुमत रहेकाले देउवा नै नेता हुने करिब निश्चित प्रायः रहेको छ ।