चिरन्जीवी नेपाली स्मृति साहित्य पुरस्कार चालिसेलाई



चितवन । ७०औं जन्म जयन्ती तथा ३०औं स्मृति दिवसको अबसरमा चिरन्जीवी नेपाली स्मृति साहित्य प्रतिष्ठान गितानगर चितवनद्वारा आयोजित “चिरन्जीवी नेपाली स्मृति साहित्य पुरस्कार बितरण समारोह कार्यक्रम सम्पन्न भएको छ ।

“ चिरन्जिवी नेपालीको जीवनी , व्यक्तित्व र कृतित्व “ शीर्षकमा स्नातकोत्तर नेपालीमा शोधपत्र प्रस्तुत गरि नेपालीका बिषयमा गर्नुभएको गहन अनुसन्धानको कदर गर्दै १५ हजार नगद सहित बागलुङ गल्कोट नगरपालिका ८ का साहित्यकार हरि चालिसे एबिसीलाइ प्रदान गरिएको हो ।

चिरन्जीवी नेपालीका मृत्यु पराजित छ , चिरन्जीवी नेपालीका कविता , चिरन्जीवी नेपालीका आख्यान , चिरन्जीवी नेपालीका निबन्ध लगायतका कृति रहेका छन् ।

चिरन्जीवी नेपालीको आफ्नै घरमा आयोजना गरिएको कार्यक्रममा महेन्द्र कोइराला,अस्मिता वाग्ले कोइराला ,सरोज पाठक सुमन , तुलसी पन्डित , डिडि शर्मा , तारानाथ सुवेदी ,सिताराम अधिकारी , पदमपाणी विरक्ती , लेखराम सापकोटा, विजय विश्वकर्मा , रत्न प्रसाद सापकोटा लगायतका स्रष्टाले आफ्नो रचना पाठ गर्नु भएको थियो ।

कार्यक्रममा सम्मान तथा पुरस्कार ग्रहण पछि सम्मानित स्रष्टा चालिसेले आफूलाइ सम्मानित तथा पुरस्कार समर्पण गरेकोमा आयोजक संस्थाप्रति हार्दिक आभर व्यक्त गर्दै प्राप्त भएको नगद राशी १५ हजार चिरन्जीवी नेपालीको थप खोज तथा अनुसन्धान गर्ने , चिरन्जीवीको बारेमा लेखिएका सामाग्री तथा चिरन्जीवीका कृतिका बारेमा गरिएका समीक्षा तथा समालोचना सहित शोधमा भएका बिषयहरूलाइ समेटेर पुस्तकको रूपमा प्रकाशन गर्ने र चिरन्जीवी नेपाली अझै थप उचाइमा पुर्याउन स्रष्टाले प्रतिवद्दता व्यक्त गर्नु भएको थियो । स्रष्टा हरि चालिसे एविसीको बारेमा साहित्यकार पुष्य अधिकारी अन्जलीले बोल्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष गोविन्दराज विनोदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यता , प्राडा. नारायणप्रसाद खनाल , कपिल अज्ञातको विशिष्ट आतिथ्यता रहेको थियो कार्यक्रममा नारायण कोइरालाले स्वागत मन्तव्य , संस्थाकी संरक्षक मन्जु कोइरालाले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्