अवैध मदिरा नष्ट



नुवाकोट, (नेस) ।

सदरमुकाम विदुर र आसपासका क्षेत्रमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक मात्रामा बढेपछि प्रहरीले मदिरा उत्पादन हुने क्षेत्रमा निगरानी गर्दै मदिरा नष्ट गर्न थालेको छ ।

शुक्रवार ११ सय २५ लिटर घरेलु मदिरा नष्ट गरिएको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

सदरमुकाम विदुर आसपासका क्षेत्रहरु देविघाट, वसपार्क, पिपलटार, बट्टार र त्रिशुलीका विभिन्न स्थानबाट जफत गरिएको मदिरा शुक्रवार नष्ट गरिएको उहाँले बताउनुभयो ।

अवैध रुपमा उत्पादन भएका रक्सीले मानव स्वास्थ्यलाई असर गर्ने भएकाले नियन्त्रण र निगरानी बढाएको कुँवरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्