मेडिकल पसलको आडमा नक्कली कागजात बनाउने एक युवक पक्राऊ



नेपाल समाचारपत्र, काठमाडौँ ।
विभिन्न सरकारी कार्यालयहरुको छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजातहरु बनाउने एक व्यक्ती काठमाडौँको कोटेश्वरबाट समातिएका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१७, रातमाटे घर भएका २४ वर्षीय कविर श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई उदय थिङ भनेर पनि भन्ने गरिन्छ ।

उनी होकटर हेल्थकेयर नामक मेडिकल पसलका सञ्चालक पनि हुन् ।उनको साथबाट समाज कल्याण परिषद्, लैनचौकको लेटर प्याडमा तयार पारिएका १५ पाना कागजात, उदय सिंहको नामको यूएन अभजर्भर लेखिएको परिचय पत्रको एउटा प्रतिलिपी, नेपाल फार्मेसी परिसर लेखिएको स्टाम्प, विभिन्न स्कुल तथा कलेज र परीक्षा नियन्त्रण कार्यालयको स्टाम्प समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्