भारतीय जिपको ठक्करबाट मृत्यु, सडकमै शव राखेर विरोध प्रदर्शन



हरक सिह धामी, कञ्चनपुर ।

बिहीबार रातिभारतीयजिपको ठक्करबाट कञ्चनपुरमा स्थानीयमोहनचन्दको मृत्यु भएपछि आफन्ततथा स्थानीयवासीले सडकमै शवराखेर विरोध प्रदर्शन गरेका छन् ।

महेन्द्रनगर–गड्डाचौकी सडक खण्डको बनगाउँमा राति दुर्घटना भएको थियो । भारतबाट गड्डाचौकीनाकाहुँदै महेन्द्रनगर बजार आउँदै गरेको युके ०३– ७१०१ नम्बरको भारतीजिपले ठक्कर दिदाभिमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहनचन्दको घटनास्थलमै मृत्यु भएको हो । जिप र जिपमा सवार ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तर जिपकाचालक फरार भएका छन् । चालकको खोजीगर्न महेन्द्रनगर आसपास क्षेत्र र सिमा क्षेत्रमा चेकजाच कडा गरिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरकाप्रहरी प्रवक्ताप्रहरी नायवउपरीक्षक ज्ञान बहादुर सेटीले बताए । उता, मृतककाआफन्तले गड्डाचौकीभन्सारबाट जतिबेलापनिभारतीय गाडिहरुलाई सुविधादिई नेपालप्रवेश गराउने गरेकाकारण रातिको समयमा दुर्घटना बढेको भन्दै विरोध गरिरहेका छन् ।

साँझ ६ बजेपछि भारतीय गाडिहरुलाई नेपालप्रवेशकालागि सुविधानदिने कानुनीप्रावधान छ । तर गड्डाचौकीभन्सारबाट जुनसूकै बेलाभारतीय गाडि भित्रिने गरेको स्थानीय बताउँछन् । मृतककाआफन्तले फरार चालकलाई पक्राउ गरी कारवाहीतथा पीडित परिवारलाई क्षतिपूर्तिको मागगर्दै सडकमै शव राखेर राजमार्ग अवरुद्धगर्नुका साथै कञ्चनपुरजिल्लाको सदरमुकाम महेन्द्रनगर बजार समेत बन्दगरेका छन् ।

प्रतिक्रिया दिनुहोस्