प्रदेश ३ मा मन्त्रीमण्डल विस्तार

0
Shares

हेटौडा । प्रदेश नम्बर ३ मा बुधबार मन्त्रिपरिषद् बिस्तार हुँदैछ । मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार अपरान्हसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

यसअघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका केशव स्थापित नियुक्त भइसकेका छन् ।

सरकारमा एमालेका तर्फबाट रामेछापका प्रदेशसभा सदस्य कैलाश ढुंगेलले आर्थिक मामिला तथा योजना, सिन्धुपाल्चोकका अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन् । यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी चितवनका सांसद दावादोर्जे लामाले सम्हाल्ने छन् ।

प्रदेश प्रमुख अनुराधा कोइराला देश बाहिर रहेकाले यो प्रदेशमा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो ।