रौतहटमा अपराधिक घटनामा बृद्धी

0
Shares

सञ्जय कार्की, रौतहट । नागरिकमैत्री प्रहरी बन्न नसक्दा रौतहटमा अपराधका घटनामा बृध्दि भैरहेको छ । चेतनामुलक कार्यक्रम लिएर प्रहरीले ग्रामिणभेगमा पुग्न नसकेपछि अपराधका घटनामा बृध्दि भएको छ ।

रौतहटमा दैनिक लुटपाट, चोरी, डकैती, हत्या जस्ता जघन्य घटनामा बृध्दि भएको छ । प्रहरी नेतृत्वको असक्षमताका कारण अपराधिक घटनामा बृध्दि हुदै आएको आरोप स्थानीयको रहेको छ । मङ्गलबार राती कटहरिया नगरपालिका वडा नम्बर–४ लालबकैया नदी किनारको बाटोमा मौलापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामप्रवेश यादवको चार हजार नगद, मोबाईल तथा सामान हतियारधारीहरुले लुुटपाट गरेको प्रहरीले जनाएको छ । उनले भने ती समुहले आफुलाई कुटपिट समेत गरेका छन ।

यस्तै सो समुहले मौलापुर नगरपालिका वडा २ का भरोसी यादवको ८ हजार नगद र छोरीको बिबाहका लागि खरिद गरेर ल्याइएको कपडा, यस्तै स्थानीय ब्यापारी चुुनचुुन साह, गुुुलाब मिया राजाबाबुु जैयसवाल लगायतका हतियारधारी समुहले लुटपाट गरेको जनाइएको छ । यस्तै सोमबार राती मात्रै कटहरिया नगरपालिका–१ भसेढवा निबासी ४० बर्षिय शिबमङ्गल महतोको हत्या भएको छ ।

रौतहटकै उत्तरीभेगको बिकटबस्तिमा सोमबार रातीनै कुटपिट बाट बीर बहादुर स्याङ्गतान, सार्कीमान थिङ्ग, पुर्णबहादुर ठोकर र बुध्द ठोकर घाईते भएका छन । उता न्याय दिने न्यायालयकै परिसरमा तैनाथ प्रहरीले ५५ बर्षिया कोरैसी फकिरी, र अधिकारकर्मी अम्ब्या खातुनलाई बिना कारण निर्घात कुटपिट गरेका छन । यस्को यहाका अधिकारकर्मीले बिरोध जनाएका छन ।

राजपुर नगरपालिका वडा नम्वर ९ बैरिया निबासी ८ बर्षिय बालक महफुज देवानको गत माघ ९ गते हत्या आरोपमा पक्राउ परेका पाँच जनाको बयान सुन्न अदालत भित्र जाने क्रममा ती दुबै महिला लाई प्रहरीले निर्घात कुटपिट गरेको हो । दुबैको अबस्था चिन्ताजनक रहेको छ ।खुल्ला सिमानामा प्रहरीले तस्करीको लाईन संचालन गर्नु र कमाउ हुने प्रहरी चौकीमा आफुनिकट लाई प्रमुखको जिम्मेबारी दिएर खटाईनुले पनि अपराधका घटना नरोकिएको स्थानीयको भनाई रहेको छ । ग्रामिणभेगमा अझै प्रहरीको गस्ति पुग्न सकेको छैन ।

अपराध नियन्त्रण गर्न भन्दा मुध्दा चलाउन प्रहरीले सक्रियता देखाउने गरेको छ । रौतहटमा असोज यता अपराधका घटनामा बृध्दि भएको छ । गएको असोज ३ गते गते कटहरिया नगरपालिका–८ का रामपुुकार यादव, ९ गते परोहा निबासी अब्बु भनिने स्वयव अक्बर, गएको १३ गते मौलापुुर नगरपालिका–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नगरपालिका–१० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षीय वीरेन्द्र साह, १४ गते बृन्दाबन नगरपालिका–५ निबासी–३ बर्षिय अन्जली कुमारी यादबको हत्या भएको थियो ।

मुस्कान सहितको प्रहरी, प्रहरी मेरो साथी, जनता संग प्रहरी कार्यक्रम प्रहरीको प्राथमिकतामा रहेको छ तर रौतहट प्रहरीको ब्यबहारमा यी कार्यक्रम भन्दा पनि नारामा सीमित रहेको छ । अरु संस्थाले गरेको कार्यक्रममा प्रहरीले आफनो ब्यानर राखेर मजकुर कार्यालयमा जाहेर गर्ने गरेको पाइएको छ । मानबबेचबिखन बिरुद्ध माईती नेपालले मेची महाकाली जनचेतना अभियान कार्यक्रम संचालन गर्दै मङ्गलबार रौतहटको चन्द्रनिगाहपुरमा सडक नाटक गरिरहदा भने प्रहरीले प्रहरी मेरो साथी ब्यानर भुण्डयाएर कार्यक्रम गरेको देखाएको छ ।