बृहत्त रक्तदान कार्यक्रम हुने

0
Shares

काठमाडौं । विभिन्न सामाजिक संघ–संस्थाहरुको आयोजनामा यही फागुन २४ गते ‘एनआईसी एशिया रक्तदानको लागि गिनिज वल्र्ड रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब काठमाडौं नेपाल तथा लायन्स क्लब काठमाडौं हिमचुलीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो । काठमाडौंको टुडिँखेलमा आयोजना गरिने उक्त रक्तदान कार्यक्रमले नेपालको नाम विश्वसामु फैलाउन मद्दत पुग्ने आयोजकहरुले विश्वास लिएका छन् ।

लायन्स क्लब काठमाडौं नेपालका अध्यक्ष अखिल श्रेष्ठले नेपालको स्वास्थ संस्थामा विधमान् रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि उक्त कार्यक्रम गर्न लागिएको जनाए ।