आगोले पोल्दा र अरिङ्गलले टोक्दा दुई महिलाको मृत्यु

0
Shares

इलाम । आगोले पोलेर र अरिङ्गलले टोकेर इलामको माइजोगमाई गाउँपालिकामा मंगलबार राति दुईजना महिलाको ज्यान गएको छ । मंगलबार बेलुका करीब ७ बजे घरभित्रै अँगेनाको डिलमा बसेर आगो ताप्ने क्रममा लुगामा आगो सल्किँदा माईजोगमाई गाउँपालिका वडा नम्बर ६ कि ५५ बर्षिया निरकुमारी राईको जलेर ज्यान गएको छ ।

आगो लागेर गम्भिर घाईते राईलाई उपचारका लागि स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । यस्तै माईजोगमाई गाउँपालिकाकै वडा नम्बर ४ नामसालिङमा अरिङ्गलको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय दिलबहादुर राईको ३० बर्षिया श्रीमती दिलमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको जंगलमा मंगलबार राति करीब १० बजे अरिङ्गल झार्न मृतक राईको छोरा र स्थानीय छिमेकि सहित चारजना गएका थिए ।

अरिङ्गल खिद्राको रुखमा रहेको अरिङ्गल झार्न रुखमा चडेकी राईलाई अरिङ्गलले रुखमै टोकेको थियो । अरिङ्गलले टोकेपछि राई रुखबाट खसेकी थिइन् । रुखबाट खसेकी राई भुइामा बजारीँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । राईको मृत्यु अरिङ्गलको टोकाई र रुखबाट लडेर दुबैबाट भएको प्रहरी बताउँछ । आगोले जलेर र अरिङ्गलले टोकेर मृत्यु भएका दुबै घटनाको अनुसन्धान थालेको इलामका प्रहरी प्रमुख बिपीन कर्मचार्यले बताए ।