नेपालकै अग्लो झोलुङ्गेपुलमा मोटरसाईकल गुडाउन रोक

0
Shares

नेपाल समाचारपत्र, पर्वत । नेपालकै अग्लो वडागाउँ– मुडिकुवा झोलुङ्गेपुलमा मोटरसाईकल गुडाउन रोक लगाईएको छ ।
पुलमा मोटरसाईकल चलाउँदा दुर्घटनाका श्रृङ्खलाहरु बढ्दै जान थालेपछि र पैदल यात्रुलाई समस्या भएको गुनासो आएपछि प्रसासनले मोटरसाईकल चलाउन निषेध गरेको जनाईएको छ ।

यसअघि निर्वाध रुपमा मोटरसाईकल पुलमा चल्दै आएका थिए । दैनिक रुपमा सयौँको संख्यामा मोटरसाईकल वारपार हुने गरेका थिए । फलेवास नगरपालीका, विहादी, महाशिला र पैयुँ गाउँपालीकाका वासिन्दा यो पुल हुँदै सदरमुकाम आउजाउ गर्ने गर्छन । पुल हेर्नका लागि पनि दैनिक रुपमा आन्तरिक र विदेशी पर्यटकहरु आउने गरेका छन् ।

पुलमा पैदल हिँड्ने र अवलोकन गर्न आउनेहरुलाई मोटरसाईकल चलाउँदा अप्ठ्यारो भएको गुनासो आएपछि मोटरसाईकल चलाउन रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषीराम आचार्यले वताउनुभयो । ‘पुल यसैपनि वढि हल्लिने र त्यसैमाथी वाईक चलाउँदा हिँड्नेहरुलाई निकै समस्या भयो भनेर रोक लगाएका हौँ, उहाँले भन्नुभयो । उहाँले पुलमा प्रहरी नै परिचालन गरेर गुडाउन रोक लगाइएको वताउनुभयो ।

पुलमा मोटरसाईकल गु्ड्न रोक लगाएकोमा कतिपयले राम्रो मानेका छने भने कतिपयले गलत भएको वताउँछन् । घुमाउरो वाटो गुडाएर सदरमुकाम आउजाउ गर्नेहरुलाई पुलमा वाईक चलाउन रोक लगाउँदा १ घण्टाको दुरी गुडाएर सदरमुकाम आउजाउ गर्नुपर्ने वाध्यता परेको छ ।