नेपाली जनसम्पर्क समिति अमेरिकालार्इ अधिबेशन नगर्न निर्देशन

0
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकामा बिवाद भएपछि पार्टीले अधिवेसन नगर्न निर्देशन दिएको छ । कांग्रेसले अर्को जानकारी नहुन्जेल अधिबेसनसँग सम्बन्धित कुनै गतिबिधि नगर्न निर्देशन दिएको हो ।

नेपालको महाभूकम्पको बेला भूकम्प पीडितको नाममा उठाइएको चन्दा सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङ्गले एक–अर्कालाई अपचलन गरेको सार्वजनिक रुपमा आरोप प्रत्यारोप लगाएपछि समितिमा विवाद सिर्जना भएको हो ।

वर्तमान कार्यसमितिको म्याद २०१७ को नोभेम्वर २२ देखि समाप्त भएकोले कांग्रेसले उक्त समिति भंग गरिसकेको छ । तीन वर्षअघि टेक्सासमा सम्पन्न भएको एकताको अधिवेशनपछि तदर्थ रुपमा चलिरहेको समितिले निर्वाचित कार्यसमिति पाएको थियो । उक्त अधिवेशनपछि समितिको विवाद झन् चुलिएर गएको थियो ।