यातायातका घुस्याहा नासु पक्राउ

0
Shares

काठमाडौं । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाललाई घुस लिइरहेको अवस्थामा अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत नासुले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगको आरोप छ ।

नासु भुषाललाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट लियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।