वडा अध्यक्षको छोरीको विवाहको सामान लुटिएपछि….

0
Shares

रौतहट । मौलापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामप्रवेश यादव लुटिएका छन् । अध्यक्ष यादवसहित केही व्यक्तिलाई मंगलबार राति हतियारधारी समूहले लुटपाट गरेको हो ।

वडा नम्बर–४ लालबकैया नदी किनार रहेको उखुुघारी छेउमा ६–७ जनाको संख्यामा रहेका हतियारधारीले राति ८ बजे नलकटुुआ पेस्तोल र धारिलो देखाएर छाेरीकाे विवाहकाे समानसहित ४ हजार नगद र एकथान मोबाइल लुटेकाे अध्यक्ष यादवले बताए ।

जिल्ला प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलका अनुसार हतियाधारी समूहले अध्यक्षसहित ब्यापारी चुनचुन साह, गुलाब मिया र राजाबाबु जयसवाललाई कुटपिट गरी लुटपाट गरेका छन् ।

घटनालगतै सन्तपुर दोस्तियाबाट गएका प्रहरी र मौलापुर नगरपालिका–१ मर्यादपुरका गाँउलेहरुले घटनास्थल वरपरबाट शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएका छन् ।