आदिबासी जनजाती पत्रकार महासंघ प्युठानमा नयाँ नेतृत्व

0
Shares

प्युठान। आदिबासी जनजाती पत्रकार महासंघ प्युठानको चौथो अधिबेशनले सुजल श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व चयन गर्दै सकिएको छ। ।मंगलबार सूचना केन्द्र बिजुवारमा सम्पन्न अधिबेशनले श्रेष्ठको नेतृत्वमा ११ सदसिय नयाँ कार्यसमिती सर्बसहमत चयन गरेको हो।

समितिको उपाध्यक्ष मित्र थापा, सचिब सुबास श्रेष्ठ, सह सचिब बालिका रोका कोषाध्यक्ष स्मृति घर्तिमगर रहेका छन । त्यस्तै सदस्यमा रिमा मगर, सीता मगर, पोम बहादुर बुढा केसब श्रेष्ठ, तितु मगर, सुशिला बुढामगर रहेको आदिवासी जनजाती पत्रकार महासंघ प्युठानले बताएको छ ।

अधिबेशनले केन्द्रीय पार्सदमा महाबिर राना, सन्तोष रोका, शान्ता लामालाइ चयन गरेको छ । क्षेत्रीय पार्सदमा जिबनमाया के एम, लिला पुन,वसन्त केएम चयन भएका छ्न ।

अधिवेशन कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महबिर रानाले प्युठान जिल्ला जनजातिको बाहुल्य जिल्ला भएको बताउदै ती समुदायको मुद्दा सन्चार माध्यम बाट उठाउन सम्बद्ध पत्रकारहरुलाई आग्रह गर्नुभयो ।