भूकम्पले भत्किएका १ लाख २ सय ३६ घरकाे पुनःनिर्माण सकियाे



काठमाडौं । भूकम्पले भत्किएका १ लाख २ सय ३६ घर पुनःनिर्माण भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले थप ३ लाख ३२ हजार ३ सय २१ घर पुनःनिर्माण भइरहेको जानकारी गराए ।

प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा ७० प्रतिशत भन्दा बढी काम सकिएको दाबी गरेको छ ।

प्राधिकरणका अनुसार भूकम्प अतिप्रभावित ६ लाख ६७ हजार ६ सय ६२ परिवार छन् । त्यस मध्ये ६ लाख १० हजार ५ सय परिवारले अनुदान लिनको लागि सम्झौता गरिसकेका छन् ।

पाँच वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते प्राधिकरणको स्थापना गरेको थियो । प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई प्राथमिकतामा दिएको जनाएको छ ।

कम प्रभावित जिल्लामा पछि थपिएका १ लाख ४३ हजार भूकम्पपीडित परिवार रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्