फोरम सरकारमा जाने सम्भावना, अाजकाे सपथ सर्याे

0
Shares

काठमाडौं । एमाले माओवादी नेताले समयानुकुल आवश्यक बिषयमा संविधान संशोधन गर्न सकिने संकेत गरेसँगै संधीय समाजवादी फोरम सरकारमा सहभागी हुने सम्भावना बढेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा वार्ता भएको थियो । केही समय संविधान संशोधनका बिषयमा मौन बनेका प्रधानमन्त्री ओलीले अन्य बिषयमा छलफल गरी यादवलाई रिझाउने प्रयास गरेका थिए ।

यादवले संशोधनको बिषयलाई प्रमुख एजेन्डाका रुपमा प्रस्तुत गरेपछि प्रधानमन्त्री ओली र दाहालले उनलाई आश्वासन दिएका छन् ।

पार्टीमा छलफल गर्ने भन्दै यादव बालुवाटारबाट बाहिरिएका छन् । स्रोतका अनुसार संविधान संशोधनबारे सहमति गरेर फोरम पनि सरकारमा सहभागी हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा  फोरम अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा आए परराष्ट्रमन्त्री दिन सहमत छन् । फाेरम सरकारमा अाउने संकेत देखिएपछि आज चार बजेका लागि शपथ ग्रहण कार्यक्रम स्थगित भएकाे छ ।