हात्ती आक्रमणमा झापामा दुइको मृत्यु

0
Shares

भद्ररपुर । जंगली हात्तीको आक्रमणमा परि शनिवार अपराह्न झापामा दुइजनाको ज्यान गएको छ । झापाको सुन्दर निचाझोडा सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परि ज्यान गएको हो ।

जंगलमा घाँस, दाउरा लिन गएका बिर्तामोड नगरपालिका ३ का ७० बर्षिय च्याङग्रा राजबंशी र सोही ठाँउका ७० बर्षिय लसुने मियाको जंगली हात्तीको आक्रमणमा परि ज्यान गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर ज्ञानबहादुर बिष्टले जानकारी दिए ।

अन्दाजी १२ बजेतिर जंगल गएका उनीहरुलाई हात्तीले लछार पछार पार्दै टेकेर मारेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।