बलिउडमा २ सय करोड क्लबको रेकर्ड


रश्मी थापा

फिल्मको व्यापारको हिसाबमा बलिउडमा ४ क्लब छन्। १ सय करोड, २ सय करोड ३ सय करोड र ५ सय करोड।

४ सय करोडको बाटो हुँदै बाहुबलीजस्तो फिल्म भने ५ सय करोड क्लबसम्म पुगेको छ। हाल चलिरहेको बलिउड फिल्मको चर्चा गर्नुपर्दा अहिले फिल्म पद्मावतले राम्रो व्यापार गरिरहेको छ। यो फिल्म अहिले २ सय करोड क्लबमा रहेको छ। पद्मावतसहित यो क्लबमा अन्य १५ फिल्म रहेका छन्।

यी फिल्ममा बाहुबली २, दबंग, टाइगर जिन्दा हे, पिके, बजरंगी भाइजान, सुल्तान, धुम–३, कृष ३, कीक, चेन्नई एक्सप्रेस, प्रेम रतन धन पायो, गोलमाल अगेन, ह्याप्पी न्यु इउर र थ्री इडियट्स पर्छन्। यीमध्ये थ्री इडियट्स २ सय करोडको आकडामा पुग्ने पहिलो फिल्म हो। यो फिल्मको रेकर्ड लगभग साढे ३ वर्षसम्म अन्य फिल्मको लागि चुनौती सावित भयो।

यो क्लबमा पुग्ने सुल्तान भने सलमान खान हुन्। उनका ५ फिल्म सुल्तान, किक, बजरंगी भाइजान, प्रेम रतन धन पायो र टाइगर जिन्दा हे यस क्लबमा सामेल छन्। यसपछि भने अमीर खान छन्। उनका दंगल, थ्री इडिएट्स, पीके र धुम–३ ले २ सय करोड क्लबको शोभा बढाएका छन्। दुई फिल्म चेन्नई एक्सप्रेस तथा ह्याप्पी न्यु इयरका साथ शाहरुख खान तेस्रो नम्बरमा रहेका छन् भने प्रभाष बाहुबली २, रीतिक रोशन कृष ३, रणवीर सिंह र शाहीद कपुर पद्मावत तथा अजय देवगण गोलमाल अगेन गरी एक–एक फिल्मका साथ २ सय करोडको चौंथो स्थानमा रहेका छन्।

बलिउड नायिकाको सवालमा भने नायिका दीपिका पादुकोण यस क्लबको क्विन सावित भएकी छिन्। उनका ३ फिल्म चेन्नइ एक्सप्रेस, ह्याप्पी न्यु इयर र पद्मावत यो क्लबमा सामेल छन्। अनुष्का शर्मा पीके र सुल्तान, कट्रिना कैफ टाइगर जिन्दा हे र धुम ३, तथा करीना कपुर बजरंगी भाइजान र थ्री इडियट्स गरी २/२ फिल्मका साथ यो क्लबमा दोस्रो स्थानमा रहेका छन्।

त्यसै गरी प्रियंका चोपडा कृष–३, ज्याकलिन फर्नान्डिज किक, सोनम कपुर प्रेम रतन धन पायो, अनुष्का शेट्टी र तमन्ना भाटिया बाहुबली–२ तथा परिणिती चोपडा गोलमाल अगेनजस्ता एक–एक फिल्मको साथ तेस्रो नम्बरमारहेर यो क्लबको शान बढाएका छन्।

यस्तै निर्देशकको कुरा गर्नुपर्दा राजकुमार हीरानी, अली अब्बास जफर तथा रोहित शेट्टी त्यस्ता निर्देशक हुन्, जसको नाममा दुई–दुई फिल्म २ सय करोड क्लबमा सामेल छन्।

जसमा राकुमारको पीके र थ्री इडिएट्स, अली अब्बासको टाइगर जिन्दा हे र सुल्तान तथा रोहितको चेन्नई एक्सप्रेस र गोलमाल अगेन फिल्म परेका छन्।

यो क्लबमा निर्देशक एसएस राजमौली बाहुबली–२, नितेश तिवारी दंगल, कवीर खान बजरंगी भाइजान, विजय कृष्ण आचार्य धुम–३, राकेश रोशन कृष ३, साजिद नाडियाडवाला किक, सञ्जयलीला भंसाली पद्मावत, सुरज बडजात्या प्रेत रतन धन पायो तथा फराह खान ह्याप्पी न्यु इयर गरी एक–एक फिल्मका साथ २ सय करोड क्लबको सदस्य रहेका छन्।

यो क्लबमा सामेल फराह खान एक्ली महिला निर्देशक हुन्।