जेनिफर र जस्टिन छुट्टिँदै

0
Shares

हलिउड नायिका जेनिफर एनिस्टन र उनको पति जस्टिन थेराक्सले आफ्नो फ्यानलाई ठूलो झट्का दिएका छन्। एजेन्सिका अनुसार दुवैले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आपसी सहमतिमा एक–अर्कासँग छुट्टिने खबरको पुष्टि गरेका छन््।

साथै सम्बन्ध विच्छेदपछि पनि दुवैले राम्रो साथीको सम्बन्ध राख्ने फैसला गरेका छन्। विवाह गरेको २ वर्षमा नै जेनिफर र उनको पति छुट्टिने कुरालाई लिएर उनका फ्यानहरुले भने अर्कै अड्कल काटेका छन्। जेनिफर आफ्नो पूर्वपति तथा हलिउड अभिनेता ब्राड पिटसँग नजिकिएका कारण सम्बन्ध विच्छेद गर्न लागेकी भन्ने उनीहरुले शंका गरेका छन्।

उनका फ्यानले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् कि अब जेनिफर र अभिनेता ब्राड पिट सँगै आउनुपर्छ। किनभने अब उनीहरु दुवै एकल भएका छन्। फ्यानको यस्तो प्रतिक्रियाबाट अब उनीहरु दुवै एकसाथ देखिन्छन् कि भन्ने अड्कल पनि गरिएको छ।

जेनिफर एस्टिन र ब्राड पिट एक समय हलिउडको सबैभन्दा राम्रँे जोडीमा गनिन्थे। तर, ब्राडको जीवनमा एन्जेलिना जोली आएपछि जेनिफर ब्राडबाट अलग भएकी थिइन्। ब्राडले एन्जेलिनासँग १२ वर्षको प्रेमसम्बन्धपछि विवाह गरेका थिए भने सन् २०१६ मा एन्जेलिनासँग अलग भएका थिए। अभिनेतृ एन्जेलिना जोलीसँगको सम्बन्धविच्छेदपछि एक्लिएका ब्राडले पूर्वपत्नी जेनिफरसँग माफी मागेर सम्बन्ध सुल्झाउने प्रयास गरेका थिए। जेनिफर र ब्राड विवाह गरेको ५ वर्षपछि छुटिएका थिए।
जेनिफरले पनि पतिसँग सम्बन्ध विच्छेद गर्न लागेको खबरपछि भने वर्षौंअघि बिग्रेको जेनिफर र ब्राडबीचको सम्बन्ध सुध्रने आशा उनीहरुका फ्यानले गरेका छन्।