गुण्डा नाइके मनोज पुन मारिए

0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल)को खोजी सूचीमा रहेका मनाेज पुन मारिएका छन । प्रहरीले अतर्राष्ट्रिय अपराधिक गिरोहका नाइके मनोज पुन सहित २ जना जवाफी कार्वाहीमा मारीएकाे जनाएकाे छ । केन्द्रीय अनुसन्धान ब्यूरोले मनोज पुन रुपन्देहीमा आएको सुचना पाएपछि पक्राउ गर्न जाँदा आज विहान साढे ३ बजे रुपन्देहीको देबदह नगरपालीकाको भवानीपुरमा भएको दोहोरो फाएरिङमा उनिहरु मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले न्यूज अफ जनेपाललाई जानकारी दिएका छन ।

प्रहरी पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि जवाफी कारबाहीमा  अाज बिहान रुपन्देहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको हाे। यसै गरी उनीसँगै रहेका अर्का गुन्डा साेम अालेकाे पनि मृत्यु भएकाे  छ ।

प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । रुपन्देहीको देवहद नगरपालिका–४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोजेको प्रहरीको भनाई छ । प्रहरीको गोली लागि घाइते भएका उनलाई उपचारका लागि लुम्बिनि अञ्चल अस्पतालमा लगिएदाँ अस्पतालले मृत घोषणा गरेको हो ।

दुवै जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ ।

२०७३ पुस पहिलो साता मनोजले रुपन्देहीका दुर्गा तिवारीको हत्या गरेका थिए । पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनी मनोज पुनकै हात रहेको प्रहरीलेको दाबी छ ।  निमार्ण ब्यबसायी महासंघका अध्यक्ष शरद गौचनकाे हत्यामा समेत उनले जिम्मेवारी िलएका थिए ।  रुपन्देहीका एमाले निकट ब्यबसायी बलु पौडेलको पनि उनले हत्या गरेका थिए ।पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड दिए।