एनसेलेको टावरमा अज्ञात समुहद्धारा आगजनी

0
Shares

शालिकराम चालिसे, नुवाकोट ।

नुवाकोटको विदुर नगरपालिका वडा नं ११ मा रहेको डाँडागाउँमा एनसेलेको रिपिट टावरमा अज्ञात समुहले सोमबार राती आगजनी गरेको छ ।

आगजनीबाट टावरको व्याकअपका लागि राखिएको ८ ओटा व्याट्र्री, एटिएन बोर्ड र १० केभी क्षमताको जेनेरेटर,पावर सप्लाई बोर्ड लगाएतका सामानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी निरिक्षक राजाराम खड्काले बताउनुभयो । घटनाको प्रकृति ति सामानहरुमा पेट्रोल छरेर आगजनी गरिएको खड्काले बताउनुभयो ।

आगजनीबाट कुनैपनि मानविय क्षति नभएको जिल्ला प्रंहरी कार्यलय नुवाकोटले जनाएको छ । टावरभन्दा निकै ल बस्ती रहेकोले कुनैपनि क्षति नपुगेको खड्काले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको तथा कसैले पनि जिम्मेवारी नलिएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्त वहादुर कुवरले बताउनुभयो ।

नुवाकोटमा एनसेलले विभिन्न २३ वटा टावरमार्फत सेवा पुराउँदै आएको छ ।