काठमाडौ परिसरमा पोखरेल



नेपाल समाचारपत्र, काठमाडा ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख रबिन्द्र धानुकको सरुवा भएको छ । राजधानीको शान्ति शुरक्षा कायम गर्न नसकेको र चेन अफ कमाण्डलाई उल्लघन गरेको भन्दै धानुकको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौ प्रहरी प्रमुखमा एसएसपी बिश्वराज पोखरेललाई ल्याइएको छ । पोखरेल यस अघि काठमाडौ परिसरमा एसपीको रुपमा कार्यरत रहेका थिए । एसएसपी धानुकलाई हटाएर पोखरेललाई काठमाडौ ल्याउनुको मुख्य उदेश्य भनेको पूर्व डिआईजी तथा एमाले सांसद नवराज सिलवाललाई पक्राउ गरी कारवाही अगाडि बढाउनु रहेको बताइएको छ ।

एसएसपी पोखरेलले आफु काठमाडौ परिसर प्रमुख भएर जान पाए सांसद सिलवाललाई पक्राउ गरी कीर्तेमा मुद्धा चलाउने आश्वासन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई समेत दिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
एमाले महासचिव इश्वर पोखरेलका नातेदार समेत रहेका एसएसपी पोखरेलले एमालेलाई नै प्रयोग गरेर सांसद सिलवाललाई पक्राउ गरी कारवाही अगाडि बढाउने आश्वासन गृह मन्त्रालयका उच्च अधिकारी समेत दिएको बताइएको छ ।
पोखरेलले नै सांसद सिलवालले कार्यसम्पादन मुल्याकन कीर्ते गरेको भन्दै प्रहरी महानिरीक्षक अर्याललाई जानकारी गराएपछि अर्यालले सार्वोच्च अदालतमा कीर्ते गरेको भन्दै कागजात पेश गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्