पृथ्वीसुब्बा गुरुङ बने प्रदेश ४ को मुख्यमन्त्री

0
Shares

नेकपा एमाले प्रदेश ४ का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमाले र माओवादी केन्द्रको समर्थनमा नेता गुरुङ मुख्यमन्त्री बनेका हुन्। गुरुङ हिजैमात्र संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए।

गुरुङले बुधवार मुख्यमन्त्रीको सपथ लिनेछन् ।