प्रदेश ३ को मन्त्रिपरिषद्ः गृहमा जम्मरकट्टेल, पूर्वाधारममा स्थापित



नेपाल समाचारपत्र, हेटौँडा ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेललाई गृह मन्त्रालयको जिम्मा दिएका छन् । यसैगरी नकपा एमालेबाट केशव स्थापितलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिएका छन ।

उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्