सुदूरका हिमाली जिल्लामा हिमपात सुरु

0
Shares

विमल विष्ट, डोटी ।
डोटी लगायत सुदूरपश्चिमका अन्य हिमाली जिल्लामा सोमबार बिहान देखी हिमपात सुरु भएको छ । हिमपातका कारण यहाँको जनजिवन निकै कष्टकर बन्दै गएको छ । हिमपात संगै हल्का बर्षात पनि भएकाले किसानहरु हिउदे बाली सप्रिनेमा निकै खुसि भएका छन् । यहाँका हिमाली जिल्लाहरु बझांङ,बैतडी,दार्चुला,बाजुरा तथा डोटीका उच्च लेकाली भेगमा हिमपात भए संगै एका एक चिसो बढेको पुर्बिचौकी गाउपालिका २ बग्लेकका स्थानिय गोरखबहादुर साँउदले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बिहानै देखी यहाँको लेकाली क्षेत्रमा हिउ परेको छ,हिउको चिसोले बेसीमा पनि असर गर्न थालेको छ ।’ यस्तै बझाङ,दार्चला र डोटी जिल्लामा आईतबार रातीबाट पानी पर्न सुरु भए संगै सोमबार विहान देखि लेकाली भेगमा हिमपात सुरु भएको हो । बर्षा संगै डोटीको खप्तड आसपासको क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । हिमपातले कठ्याङग्रीने चिसो बढेपनि हिउदे खेती सप्रीनेमा भने किसानहरु खुसि भएका छन् । डोटीका उच्च लेकाली भेगमा हिमपात भईरहेको छभने दिपायल क्षेत्रमा बिहानै देखी हल्का पानी परिरहेको छ ।