मुख्यमन्त्रीमा पौडेल, तीन मन्त्रीले पनि सपथ लिने



नेपाल समाचारपत्र, हेटौडा ।

संघीय नेपालका पहिलो मुख्य मन्त्री डोरमणी पौडेलले ३ नम्वर प्रदेशको मुख्य मन्त्रीको सपथ लिनु भएको छ । मुख्य मन्त्री पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्य मन्त्रीको सपथ गराउनुभयो ।

उहांले केहीबेर अघि मात्रै पदभार ग्रहण गर्नुभएको छ । उहांको सपथ संगै सानो मन्त्रिमण्डल बनाउने गृहकार्य शुरु भएको छ ।

एमालेबाट केशव स्थापित, रामेश्वर फुयाल र माओवादीबाट शालिकराम जमरकट्टेल मन्त्री बन्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्