यी हुन् एमालेकाे प्रतिनिधिसभा समानुपातिक सांसद (सुचि)

0
Shares

काठमाडौं । नेकपा एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक टुंगो लगाएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा भएको स्थायी समिति बैठकले समानुपातिकलाई अन्तिम रुप दिएको हो । एमालेले  व्यापारी मोतीलाल दुगडलार्इ मधेसी काेटाबाट सांसद बनाएकाे छ ।

यी हुन् एमालेकाे  प्रतिनिधिसभा समानुपातिक सांसद

१. मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष)
४. मोतीलाल दुगड (मधेसी÷पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति÷महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति÷महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति÷महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति÷महिला)
१०. तुल्सी थापा (आदिवासी जनजाति÷महिला)
११. नबिना लामा (आदिवासी जनजाति÷महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति÷महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति÷महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति÷महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य÷महिला)
१६. बिन्दा पाण्डे (खसआर्य÷महिला)
१७. गोमा देवकोटा (खसआर्य÷महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य÷महिला)
१९. निरुदेवी पाल (खसआर्य÷महिला)
२०. मनकुमारी जिसी (खसआर्य÷महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य÷महिला)
२२. विष्णु शर्मा (खसआर्य÷महिला)
२३. सरिता न्यौपाने (खसआर्य÷महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य÷महिला)
२५. तीर्था गौतम (खसआर्य÷महिला)
२६. शान्ता चौधरी (थारु÷महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु÷महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु÷महिला)
२९. निरादेवी जैरु (दलित÷महिला)
३०. बिमला विश्वकर्मा (दलित÷महिला)
३१. बिमला विक (दलित÷महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित÷महिला)
३३. सानु शिवा (दलित÷महिला)
३४. आशाकुमारी विक (दलित÷महिला)
३५. जुलीकुमारी महतो (मधेसी÷महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी÷महिला)
३७. सरलाकुमारी यादव (मधेसी÷महिला)
३८. रेखाकुमारी झा (मधेसी÷महिला)
३९. सरिताकुमारी गिरी (मधेसी÷महिला)
४०. कालिला खान (मुस्लिम÷महिला)
४१. समिना हुसेन (मुस्लिम÷महिला)

बैठकले राष्ट्रियसभामा मनाेनितकाे लागि सरकारले गरेको सिफारिसप्रति आपत्ति जनाएको छ । सरकारले राष्ट्रियसभामा नेपाली कांग्रसका कार्यालय मुख्यसचिव कृष्णप्रसाद पाैडेल, झापाका गोपालकुमार बस्नेत र काठमाडौंकी चाँदनी जोशीलाई सिफारिस गरेको छ ।

एमालेले सरकारले एकलाैटी रूपमा  सिफारिस गरेकाे उल्लेख गर्दै त्यसलार्इ अस्वीकार गर्ने निर्णय गरेकाे छ।