अख्तियार प्रमुख नियुक्त गर्ने देउवाको दाउ

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखको नियुक्ति गर्ने गृहकार्यमा जुट्नुभएको छ। आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ।

प्रधानमन्त्री देउवा आफू निकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको कांग्रेसकै एक नेताले बताए। अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्दा संसदीय समितिमा सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। तर, हाल संसद् नै नरहेको आवस्थामा प्रधानमन्त्री देउवा प्रमुख आयुक्त नियुक्त गर्न लाग्नुभएको छ। आयोगको प्रमुख आयुक्त बन्नका लागि आयोगकै आयुक्त नवीनकुमार घिमिरे पनि दौडधुपमा लागेको बताइएको छ। अख्तियार स्रोतका अनुसार वरिष्ठताको आधारमा आफू नै प्रमुख आयुक्त हुनुपर्ने घिमिरेको जिकिर छ।