लेलेमा वृहत स्वास्थ्य शिविर सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, ललिपतुर ।
प्राचिन नगरी लेलेका स्थानीयलाई लक्षित गरी संचालित १ दिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका वडा ५ र श्री ज्ञान कुण्ड युवा क्लबको संयुक्त आयोजनामा शनिबार लेलेमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

लेलेको सरस्वती उच्च माध्यमिक विद्यालयमा आयोजित उक्त स्वास्थ्य शिविरमा सुमेरु अस्पताल धापाखेलको प्राविधिक सहयोग रहेको वडा ५ का वडा अध्यक्ष मिलन सिलवलले बताउनुभयो ।

स्वास्थ्य शिविरमा करिब ६ सय जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएको उहाँले बताउनुभयो । अस्पतालको विशेषज्ञहरुको टोली उक्त स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, स्त्री रोग, बालरोग, हाड जोर्नी सम्बन्धि लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरेको थियो ।