लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी जिल्लाको टयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा परि मृत्यु हुने सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ का २५ वर्षीय पुनित महतो र भारत उत्तर प्रदेशका दुई वर्षीय बालक ननु मोहम्मद रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका एस्पी कुवेर कडायतले जनाएको छ ।
महोत्तरीको रामनगरस्थित चिनी मिलमा चन्द्रनगरबाट उखु लोड गरि आईरहेको ज१त ३७१६ नम्बरको टयाक्टर अनियन्त्रित भई गौशाला नगरपालिका १ रामनगरमा पल्टिदा टयाक्टर चालक महतोको घटनास्थलमै मृत्यु भएको छ भने लोहारपट्टी नगरपालिका ४ महदैयास्थित विश्वेश्वर प्रसाद साहको ईट्टा भट्टामा ज१त ७६७० नम्बरको टयाक्टरले ठक्कर दिदा दुई वर्षिय बालक मोहम्मदको मृत्यु भएको थियो ।
मोहम्मदलाई टयाक्टरले ठक्कर दिदा गम्भिर घाईते भएपछि उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता टयाकटर चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।











प्रतिक्रिया