त्रिशुलीमा हराएका मन्त्रालयका सचिवको शव भेटियो, अन्य दुई अझै बेपत्ता



सीताराम अधिकारी, धादिङ ।
नेपाल सरकारका सिंचाइ मन्त्री रामानन्द प्रसाद यादबको शब त्रिशुली नदीमा भेटिएको छ ।

घर कपिलबस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा यादब आफेँले हाकेको जिप शनिबार बिशान त्रिशुली नदीमा परेर हराइरहेको थियो । बा २ झ ३१४० न.ं जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न.ं ३ सलाङघाटबाट त्रिशुली नदीमा हराएको जिप नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा ३० फिट पानीमा डुबेबको अवस्थामा पत्ता लगाइ डोरीले बाँधेर अड्याइएको छ ।

गाडीमा सवार सचिव यादब, उनका छोरा सन्तोष यादब र साथीको भान्जी नता पर्ने १६ वर्षीय उन्नत्री गुप्ता र चालक निराजन यादब रहेकोमा चालकलाई घाइते अवस्थामा उद्धार गरिउको थियो । घाइते चालकको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि हराएका तीन जना मध्ये सचिव यादबको मात्र शब भेटिएको र अन्य दुई जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक संजय तिमल्सीनाले जानकारी दिनुभयो । रातकिो समय निन्द्रा लागेको र लामो समयको थकाइका कारण सिधा बाटोमा समेत छेउको पिल्लरमा ठोकिएर नदीमा परेको हो ।

नदीमा पानी धमिलो भएकोले ससस्त्र प्रहरीका गोताखोर पानीभित्र धेरैबेर बस्न नसकेको तथा चिसो पानीका कारण उद्धारमा समस्या आएको भएपनि खोजीकार्य तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभयो ।

सिंचाइ मन्त्रालयका सचिव यादब आफेँले गाडी चलाएको र पानीमा भित्र गाडकिो सिट बेल्टमै रहेको अवस्थामा बेल्ट काटेर उहाँको शब निकालिउको थियो ।

गतवर्षहरुमा पटक पटक गाडी दुर्घटना हुने सो क्षेत्रमा त्रिशुली नदी सडक नजिकै आएको स्थानबाट दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्