प्रधानमन्त्री देउवाले चमेलियाको आज उद्घाटन गर्दै



विनोद सिंह विष्ट, बैतडी ।
राष्ट्रिय गौरबको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माणकार्य सम्पन्न भएपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा गर्दै हुनुहुन्छ ।

आयोजना प्रमुख अजय कुमार दाहालका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान साढे ११ बजेपछि आयोजनास्थल पुगेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवासँगै उद्घाटनका लागि उपप्रधान एंवम ऊर्जामन्त्री कमल थापा, आपूर्तीमन्त्री जयन्त चन्द लगायत मन्त्रालय र विद्युत् प्राधिकरणका उच्चपदस्थ कर्मचारी पनि उद्घाछन कार्यक्रममा सहभागी हुने बताईएको छ । आयोजनाले हाल १५–१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ सालको पुसदेखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले २०६८ सालमा निर्माण सक्ने लक्ष्य राखिएपनि पटकपटक म्याद थप गर्दै ६ वर्ष ढिलो सकिएको हो । चमेलिया जलविद्युत आयोजनाले गएको पुसदेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।

साढे ८ अर्ब रुपैयामा निर्माण गरिसक्ने भनिएको आयोजनाको कुल लागत बढेर १६ अर्ब पुगेको आयोजनाले जनाएको छ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्