धार्दिङकाे सलाङघाटमा जीप खस्यो, सिचाँई मन्त्रालयका सचिवसहित ३ वेपत्ता



काठमाडाैं । धार्दिङको रोराङ–३ सलाङघाटमा जीप खस्दा सिचाँई मन्त्रालयका सचिव रमानन्द यादवसहित ३ जना वेपत्ता भएका छन् ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ च ३१४० नम्बरको जीप दुर्घटनासँगै वेपत्ता भएको हो । जीप शनीबार बिहान ३ः१५ बजे खसेको हो । सिचाँई मन्त्रालयका सचिव रमानन्द यादव, छोरा सन्तोष यादवसहित परिचय खुल्न नसकेको एक महिला बेपत्ता भएको गजुरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक घाइते अवस्थामा फेला परेका छन् । चालक नीरञ्जन अधिकारीलाई घाइते अवस्थामा उद्धारगरी उपचारका निम्ति काठमाडौं ल्याउँदै गरिएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्