मन्त्रिपरिषद्को बैठक, बम्जनको ध्यान क्षेत्र ‘धार्मिक वन’ घोषित



काठमाडौं, (नेस)
सरकारले तपस्वी रामबहादुर बम्जनले ध्यान गरेको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो।
यसैगरी बैठकले राष्ट्रियसभामा मनोनित हुने तीन सदस्यको नाम तोक्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ भने राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको दर्जा दिएको छ।

मन्त्री वस्नेतका अनुसार बैठकले औद्योगिक बौद्धिकसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञा शुल्क छुट दिने, बूढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्