‘विकासको प्रतिस्पर्धा शुरू गरौं’ –उपराष्ट्रपति

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
उपराष्ट्रपति नन्दकिशोर पुनले नयाँ सरकार गठन भए लगत्तै हिजोको तौरतरिकामा फेरबदल गरी नयाँ तौरतरिकाबाट विकास निर्माण गर्नुपर्ने बताएका छन्। अबको प्रतिस्पर्धा विकासको प्रतिस्पर्धा भएकाले सबै सरकारका तहहरूले विकासमा ध्यान दिनुपर्ने बताए।
जिल्लाको रोशी गाउँपालिकामा खर्पाचोक युवा क्लबको आयोजनामा तामाङ समुदायको २८५४ औं (खौ) ल्होसारको उपलक्ष्यमा आयोजित बृहत्त सास्कृतिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपराष्ट्रपति पुनले सम्वृद्धिबिना विकास र विकासबिना सम्वृद्ध सम्भव नहुने भएकाले अबको निकास र विकास सम्वृद्धतर्फ हुनु पर्ने बताउनुभयो। लामो समयदेखि राजनीतिक संघर्ष चलिरहेको र त्यहि संर्घषले राजनीतिक परिवर्तनसमेत भएकाले त्यसलाई संस्थागत गर्न बनेका सरकारहरूले आर्थिक सम्वृद्ध गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मुलुकमा भएका सबै परिवर्तनमा तामाङ समुदायको योगदान र सहभागिता भएको भन्दै अब बन्ने सरकाहरूले तामाङ समुदायको उत्थानका लागि विशेष योजना बनाउनुपर्ने बताए।
केन्द्रीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा राष्ट्रिय गौरवका योजनाहरू सञ्चालन गरी मुलुकलाई छिट्टै आर्थिक सम्वृद्ध तर्फ लैजानुपर्नेमा उनले जोड दिए। स्थानीय तहहरूले आर्थिक सम्वृद्धिको प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै पुनले तामाङ समुदायको संरक्षण र प्रवद्र्धन गर्न सरोकारवालाहरूको ध्यानाकषर्ण गराए। कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद गंगाबहादुर दोङ बमध्वजले प्रदेश नम्बर ३ को राजधानी काभ्रेमा बनाउन र प्रदेशको नाम ताम्सालिङ नेवा राख्न प्रदेशसभा सासदहरूले विशेष भूमिका निभाउनुपर्नेमा जोड दिए। सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनहरूमा तामाङ समुदायको योगदानलाई बिर्सन नहुने बताउँदै दोङले राज्यका हरेक निकायमा तामाङ समुदायको प्रतिनिधित्व आवश्यक रहेको बताए।
कार्यक्रममा प्रदेश सासंद रत्न ढकालले प्रदेशको राजधानीका साथै प्रदेश र स्थानीय सरकारले गर्ने विकास निर्माणमा स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताए। पूर्वराज्यमन्त्री सूर्यमान दोङ लालध्वजले ३ वटै तहको सरकार बाम्पन्थी नेतृत्वमा बन्ने भएकाले अवको विकासलाई तीब्रता दिनुपर्ने बताए। कार्यक्रममा पूर्वसांसद तिर्थ लामा, रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, वडाअध्यक्ष विकास लामा –लगायतले मन्तव्य राखेका थिए। सोहि कार्यक्रममा कलाकारहरू मनिला सोतन, मानवशास्त्रि डा. बुद्ध सिं तामाङ, विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतलाई सम्मान गरेका थिए।
उपराष्ट्रपति पुनः बार दिउँसै खार्पाचोक पुगेका थिए। २४ घण्टा खार्पाचोक पुगेर पुनले स्थानीय स्तरमा भएका गतिविधि, युद्दको समयमा भएको अवस्थाका बारेमा जानकारी लिएका थिए। युद्दको समयमा सेल्टरका रुपमा मानिएको स्वर्र्गीय रेशबहादुर तामाङको घरमा बसेका थिए।