जोखिम मोलेरै यात्रा



विमल विष्ट, डोटी । डोटीका ग्रामिण सडक निर्माण भएको बर्षौ बितिसक्दा समेत ग्राभेल नगरिदा स्थानियबासीहरु जोखीम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

यहाँका दजर्नौ ग्रामिण सडकहरु पिच हुन त कहा हो कहाँ ग्राभेल समेत नगरिदा स्थानियहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

कैलालीको सहजपुर देखी डोटीको बिपिनगर हुदै बोगटान जोड्ने सडक निमार्ण कार्य सुरु भएको करिब २० बर्ष भन्दा बढी बिति सक्दा पनि उक्त सडकमा ग्राभेलको काम समेत नगरिदा यात्रुहरु आफनो ज्यान धराममा राखेर यात्रा गर्न बाध्य भएको बड्डीकेदार गाउपालिका ५ का स्थानिय रोजबहादुर कललेलले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘सडक पिचको त हामीले कल्पना सम्म गरेका छैनौ तर ग्राभेल समेत नगरिदा हामीलाई यात्रा गर्नमा निकै समस्या हुने गरेको छ,हामीलाई पिच होईन ग्राभेल गरिदिएपनि सहज हुन्थ्यो ।’ बिशेष गरी सो सडकको बिपिनगर अन्र्तगत बागछेडा, सुवाखान,भक्तपुर, सहजपुर लगाएको क्षेत्रमा पनि ग्रभेल गरिएको भए स्थानियहरुको यात्रा सहज हुने देखिन्छ ।

उक्त सडकमा ग्राभेल त परै जाओस सडकको स्तर उन्नती समेत नहुँदा अत्यन्तै जोखिम मोलेर गाडी सञ्चालन भइरहेको सुदूरपश्चिम बस ब्यबसायी समितिका बस चालक दीर्घ साँउदले बताउनु भयो । उहाँले भन्नु भयो ‘सडक सतह पुरै रातो माटोले चिप्लो छ,ग्राभेल गरिएको छैन,भगवान भरोसामा गाडी चलाई रहेका छौ,कतिबेला के हुन्छ था छैन् ।’

सडक निमार्ण भएपछि खुसी भएका स्थानीयहरु यतिबेला सडक जिर्ण हुँदा कसैको ध्यान नगएको भन्दै आक्रोसित समेत बनेका छन् । पटक पटक सरोकारवाला निकायलाई आग्रह गर्दा पनि सुनुवाई नभएको उनिहरुको गुनासो छ ।

‘नेता मन्त्रीहरुलाई धेरै पटक आग्रह गरिसकिएका छौ तर कसैको ध्यान गएको छैन’ बिपिनगरका स्थानीय भोजबहादुर देउवाले भन्नु भयो ‘यो सडक बनाएको २० बर्ष भन्दा बढी भइसकेको छ तर स्तरउन्नतीको त कुरै छाडौं बिग्रेको मर्मत र सबै ठाउमा ग्राभेल सम्म हुन सकेको छैन ।’ स्थानियबासीका अनुसार सहजपुर देखी डोटीको बागछेडा सम्म करिब २६ किमि दुरी रहेको छ ।

उक्त सडकका बिभिन्न भागमा अहिले सम्म पनि ग्राभेल नगरिदा स्थानियबासी

प्रतिक्रिया दिनुहोस्