विपद जोखिम न्युनिकरण गर्न किशोर किशोरीलाई तालिम

0
Shares

दयाराम पण्डित, बाजुरा । विपद जोखीमलाई न्युनिकरण गर्न सदरमुकाम मार्तडीमा किशोर किशोरीका लागि विहिवारदेखि तिन दिवसीय तालिम सञ्चालन गरिएको छ ।

बाजुरालाई प्राकृतिक प्रकोपका दृष्टीले संबेदनशील रुपमा लिईन्छ । त्यसैमा बालवालिका वढि जोखिममा छन् । बालजोखिम न्युनिकरण गर्न बालकेन्द्रीत जोखिम न्युनिकरण तालिमको आयोजना गरेको नेपाल रेडक्रस सोसार्यटी जिल्ला शाखा बाजुराका भापति दिलबहादुर बुढाले बताउनुुभएको छ ।
कार्यक्रमका अतिथी एवं जिल्ला समन्वय समिती बाजुराका संयोजक नरेन्द्र रोकायाले भन्नुुभयो, “जोखिममा सबै भन्दा वढि बालवालिका पर्ने भएकाले स्थानीय तहवाट बालसुरक्षाका लागि आवस्यक नीतितथा कार्यक्रम बजेट ब्यबस्थापन गर्नुपर्छ ।”

प्राकृतिक जोखिखमामा मात्र नभएर कामको जोखिममा पनि बालबालकिा रहेकाले हरेक हिसावबाट बाल जोखिम न्युनिकरण गर्न आवस्यक रहेको बताउनुभयो ।

त्यस्तै बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम वडुवल भन्नुुभयो, “बाल देखि बृद्ध सबै हामी जोखिममा छौं तसर्थ सरकारले बनाएको नम्स अनुसार चल्लनुपर्छ ।” “बाजुराका २६५ बढी विद्ययार्थी जोखिममा रहेको बताउनुहुदै बाल सुरक्षाको लागि सर्वप्रथम जोखिरहित विद्यलय निमर्माण गर्न आग्रह गर्नुभयो । नगरप्रमुख बडुवालले भन्नुुभयो, “शिक्षक पाल्नका लागि विद्यालय भवन कमजोर वनाएका छन् अब त्यसो गरिदैन सरकारको स्ट्यान्डर नम्स अनुसारका भवन निर्माण गरिने छन् ।”