जिल्ला अस्पतालमा दैलेखमा नयाँ सेवा

0
Shares

हिक्मत नेपाली, दैलेख । जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा दर्जनौ नयाँ स्वास्थ्य सेवा थप गरिएको छ । १५ शैयाको क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ सुविधाहरु थप गरिएका हुन् । यस अघि नभएका सेवाहरु अहिले जिल्ला अस्पताल दैलेखमा थप गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर शोभित थापाले जानकारी दिएका छन् ।

उनका अनुसार पुराना र जिर्ण अवस्थामा रहेका भौतिक सामग्रीहरु निमार्ण गरि संचालनमा ल्याइएको छ । दैलेखमा सेवा नपाएपछि बाह्य जिल्ला जान पर्ने बाध्य दैलेखका बिरामी नयाँ सुविधाहरु थपिएपछि दैलेखमै स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । जिल्लामा विभिन्न स्वास्थ्य सेवा लिनका लागि सुर्खेत तथा नेपालगंज जानुपर्ने बाध्यता रहेको थियो ।

जिल्लामा रहेका दाँतका विरामीहरुले अब जिल्ला स्वास्थ्य कार्यालयबाट नै डेन्टल सेवा पाउने भएका छन् । यस अघि दाँत सम्बन्धिका विरामीहरुले सामान्य सेवा पाउदै आएका थिए । आधुनिक खालको डेन्टर सेवा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक संचालनमा ल्याइएको डा.थापाले बताए । स्वास्थ्य कार्यालयमा आधुनिक सिआर एक्सरे सेवा समेत संचालनमा ल्याइएको छ । उक्त एक्सरेबाट एकै पटकमा ५ जना सम्मको एक्सरे गर्न सकिने डा. थापाले बताए ।

उनका अनुसार २८ दिन मुनीका बालबालिकाहरुका लागि एउटै कोठामा सेवा दिनका लागि व्यवस्थापन गरिएको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा एसएनसियु सेवा, नयाँ एम्बुलेन्स सेवा, नयाँ स्टोर कोठा समेत संचालनमा ल्याइएको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयले संचालनमा ल्याएको अस्पताल फार्मेसिसले विरामीहरुलाई १० प्रतिशत छुटमा २४ सै घण्टा सेवा दिइरहेको थापाले बताए । फार्मेसिमा अहिले ३ जना कर्मचारी राखिएको छ ।