छोरीको उपचारका लागि ‘ब्रेस्ट मिल्क’ बेच्दै आमा


ग्वांगझाउ (एजेन्सी)
चीनमा एक आमाले आफनी छोरीको उपचार खर्च जुटाउन सडकमा आफनो दुध बेचिरहेको घटना चिनियाँ सामाजिक सन्जालमा ब्यापक चर्चाको विषय बनेको छ।

मिआओ भिडियो वेबसाइटमा उक्त भिडियो पोस्ट गरिएको थियो। यसमा एकजोडी माता पिताले उनीहरूलाई आफनी छोरीको उपचारका लागि कम्तिमा १ लाख युआन आवश्यक भएको र उनी आईसीयुमा भर्ना रहेको बताइरहेका थिए। चनिको सामाजिक सन्जाल प्लेटफर्म विबोमा उक्त भिडियो सेयर भएपछि २४ लाख भन्दा धेरै पटक हेरिसकेको छ र ५ हजार कमेन्ट्स आइसकेका छन्। उक्त भिडियो चीनको ग्वांगडोंग प्रान्तको सेन्जेन सहर स्थित बच्चाहरूको एक पार्कमा खिचिएको हो। ती आमाले आफनी छोरी आईसीयुमा भर्ना गरिएकोले चाँडो पैसा संकलन गर्नका लागि आफनो स्तनको दुध बेचिरहेको बताएकी छिन्।

बच्चाका पिताले अस्पतालमा १ लाख युआन तिर्नु पर्ने बताए। डाक्टरले बच्चाको उपचारपछि उक्त रकम भुक्तानी गर्न तयार हुनु पर्ने बताएका थिए। हालैका केहि बर्षमा चीनमा स्वास्थ्य ब्यवस्थालाई लिएर प्रश्न उठाइएको छ। यहाँ चिकित्सकिय केन्द्रहरूमा अत्यन्त चाप बढेको छ। विरामीहरू लाइन बस्नवाट बच्नका लागि अतिरिक्त पैसा बुझाउँछन्।
उक्त भिडियोमा मानिसहरूले भावु प्रतिक्रिया दिएका छन् र त्यसलाई सेयर गर्दै लेखेका छन– सेल मिल्क, सेभ गर्ल। सामाजिक सन्जालका प्रयोगकर्ताहरूले त्यस क्षेत्र भएर जानेहरूलाई ती आमाबुबालाई पैसा दिन अपिल पनि गरेका छन्। केहिले यदि उनीहरूले आमाबुबालाई देखेँ भने अवश्य उनीहरूको सहयोग गर्ने लेखेका छन्। केहि प्रयोगकर्ताहरूले उक्त घटनालाई लिएर ती आमाबुबा प्रति सहानुभुति दिएको देखिएन। एक ब्यक्तीले ‘ब्रेस्ट मिल्क‘ बेच्नु मद्दतका माग्ने एक अश्लिल तरिका भएको उल्लेख गर्दै त्यसलाई गलत भएको बताए।

अर्को एक प्रयोगकर्ताले आमाले आफनो प्रतिष्ठा जोगाउन नसकेको उल्लेख गरेका छन्। तर एक ब्यक्तीले विरोधमा आइरहेको कमेन्ट्सलाई आलोचना गर्दै भने– यो कयौं बाध्य आमाबुबाको प्रेम हो। यसलाई जसले गलत भनिरहेका छन्, उनीहरूले सोच्नु पर्छ, यदि त्यो तिम्रो सन्तान भएको भए के तिमी आफनो अनुहार बचाउँछौ वा बच्चाको जीवन।