सासु विरुद्ध बुहारीको मुद्धा

0
Shares

अंश नदिन आठ करोड जाने घर ८० लाखमा बेचेको आरोप
काभ्रे (नेस) । एक परिवारको सासु वुहारी वीचको मुद्धाले बनेपामा चर्चा पाएको छ । सासुले अंश नदिने उदेश्यले चलनचल्ती अनुसार ८ करोड पर्ने घरजग्गा ८० लाखमा बेचेको आरोप लगाउदै वुहारीले लिखत बदर, मानाचामल र अंश मुद्धा हालेपछि बनेपामा यो घटनाले चर्चा पाएको हो ।

बुहारी उर्मिला प्रधानले सासु हरिवधन प्रधानले बनेपा चादनी चोकमा रहेको साढे पाचतल्ला घर र जग्गा जालसाची गरि स्याङजा पुतली बजार निवासि नपेन्द्र श्रेष्ठलाई ८० लाखमा विक्रि गरेको भन्दै मुद्धा दायर गरेकी हुन् । हरिबधन प्रधानको एक छोरा र पाच छोरी छन् । जसमध्य एक छोरीको विवाह गर्न बाकी छ । छोरा बौद्धिक अपाङ्गता भएको भन्दै बुहारी उर्मिलाले सासुले जालसाचि गरि घरजग्गा बेचेको भन्दै मुद्धा दायर गरेको बताइन् ।

आफुलाई जेठ २० गते प्रहरी थुनामा राखि जेठ २८ गते उक्त घरजग्गा विक्रि गरेको उर्मिलाले आरोप लगाएकी छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट २६ दिन पछि आफु रिहा भएलगत्तै घरजग्गा विक्रि गरेको आफुले थाहा पाएको उनले बताएकी छन् । उर्मिलाका एक छोरा र एक छोरी छन् । जसमध्य पति सहित छोरा सासु संगै बसेको र आठ वर्षिया छोरी आफै संग भएको उर्मिलाको भनाई छ ।

हरिवधन प्रधानको तर्फबाट अधिवक्ता सागर विष्टले मुद्धा हेरेका छन् भने उर्मिलाको तर्फबाट अधिवक्ता नवराज बडालले मुद्धा हेरेका छन् । मुद्धा जिल्ला अदालत धुलिखेलमा चलेको छ । घरजग्गा किन्नेले पनि चलाखी गर्दै आफु प्रहरी हिरासतबाट निस्केको थाहापाउदा साथ उक्त घरजग्गा गरिमा बैकमा २ लाख रुपैयामा दृष्टि बन्धक गरेको उर्मिलाले बताईन् । आफु पिडित भएको भन्दै उर्मिलाले भनिन– म असारको १२ गते प्रहरी हिरासतबाट निस्किए त्यसको दुई–तीन दिन भित्रै घरजग्गा २ लाख रुपैयामा बैकमा दृष्टिबन्धक गरिसकेको रहेछ । आफुले असार १७÷१८ गते तिर मुद्धा हालेको उनको भनाई थियो ।

सासु हरिबधनको नाममा बनेपाको पुरानो बजारमा पनि १४ आना जग्गा र एउटा घर तथा बनेपामै १७ आना जग्गा रहेको बुहारी उर्मिलाले समाचारपत्रलाई बताइन् । मुद्धा लम्बिदै जादा दैनिक गुजारा गर्न आफुलाई गा¥हो भएको उनको भनाई थियो । ‘चलनचल्ति अनुसार कम्तिमा आठ करोड रुपैया जाने घरजग्गा ८० लाखमा विक्रि गरिएको छ र २ लाख रुपैयामा बैकमा राखेर रोक्का गरिएको छ’ उर्मिलाले भनिन्– त्यसमाथि पनि मलाई विना गल्ती प्रहरी प्रशासन लगाएर जेलमा राखेर सब कारोबार गरिएको छ ।