वीरगन्जमा अब ‘फ्री वाईफाई जोन’

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सार्वजनिक स्थलहरुलाई ‘फ्री वाईफाई जोन’ बनाउने भएको छ ।
खासगरी वीरगन्जको घण्टाघर, माइस्थान, घडिअर्वा र नारायणी उपक्षेत्रीय अस्पताल क्षेत्रमा फ्री वाईफाई सेवा सञ्चालन गर्न लागिएको हो । त्यसका लागि महानगरपालिकाले इन्टरनेट प्रदायक संस्था वर्ड लिंकसँग पाँच वर्षको सम्झौता गरेको छ ।

महानगपालिका र वर्डलिंकबीच ५ वर्षका लागि विभिन्न सार्वजनिक स्थलहरुमा फ्री वाईफाई जडान गर्ने सहमति भएको महानगरपालिकाका प्रमख विजयकुमार सरावगीले जानकारी दिए ।

वीरगन्ज महानरपालिकालाई डिजिटल महानगर बनाउन विभिन्न प्रविधिक योजनाहरु लागू गर्ने सोच अनुसार नै काम अघि बढाइएको मेयर सरावगीले जानकारी दिए ।

‘सार्वजनिक स्थानसंगै सबै सरकारी कार्यलयहरुलाई पनि फ्री वाईफाई सेवा सञ्चालन गर्ने योजना अनुसार हामी अघि बढेका छौं’, उनले भने, ‘सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै यसै वर्षदेखि सबै वडाहरुमा अनलाइन सेवाबाट जोड्छौं ।’वर्ड्लिंकका सिइयो केशव नेपालले वर्ड्लिंकले आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्दै आउने दुई वर्षमा १५ लाख ग्राहक सेवा प्रदान गर्ने योजना रहेको नेपाल समाचारपत्रलाई बताए ।