पाटनमा घरपालुवा कुकुरलाई रेबिज विरुद्ध खोप

0
Shares

विनोद सिंह विष्ट, बैतडी । बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा घरपालुवा कुकुरलाई रेबिज विरुद्ध खोप लगाइएको छ । रेबिज रोगबाट बचाउनका लागि जिल्ला पशु सेवा कार्यालय र पाटन नगरपालिकाको संयुक्त आयोजनामा रेबिज विरुद्धको खोप लगार्र्ईएको हो ।

पाटनका विभिन्न स्थानमा १३४ ओटा कुकुरलाई खोप लगाईएको पशुसेवा प्राविधिक बिसन सिंह बिष्टले जानकारी दिनुभएको छ ।
रेबिज रोग, रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो ।
रोगका जिवाणुहरु रोगी पशुको र्यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् ।

रेबिज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा हो भन्ने शंका लागेका पशुले टोके तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।