चट्टान फोड्दै विकास गर्दै जनप्रतीनिधी

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । जिल्लाको कालिका गाउँपालिकामा सञ्चालन भइरहेको भर्ता सेरीघाट सडक खण्डको काम तीव्र गतिमा अगाडि बढि रहेको पाइएको छ ।

चट्टानै चट्टानले ओगेटेको सेरि पान्तडी सडक खण्ड विगत लामो समयदेखि ठेकेदारको लापरवाही र निर्माण समितीको ढिलासुस्तीले अलपत्र परेको थियो । स्थानीय निर्वाचन सम्पन्न भए लगतै कालिका गाँउपालिकाका अध्यक्ष खडानन्द चौलागाँइको एक्लो सहसिक कदमले सडक खण्डको सडक खण्डको निमार्ण कार्य दु्रत गतीमा अगाडि बढेको हो ।

कालिका गाउँपालिकाको लगानीमा सत्यवती निर्माण सेवा कालिकोटले तिव्र गतिमा चट्टान फोडदै सडक निमार्ण गरिरहेको छ । निर्माण सेवाका सञ्चालक खम्मबहादुर शाहीका अनुसार काम कार्तिक १५ गतेदेखि सुरु गरिए पनि केही तार–जालीहरुको अभावको कारण आधा महिना काम रोकिन पुगेको वताए ।

शाहीले यस अघि सेरिघाटको कडा चट्टानमा अरु स्काभेटर ल्याउन पहल गरिए पनि कडा चट्टान देखेर अरु स्काभेटर फर्किएको र आफु सोही पालिकाबासी भएकाले जे जस्तो चुनौती खेप्न परे पनि आफैले काम गर्न थालेको वताए ।

तर केहिले सडक निमार्णमा प्रक्रिया नपुगेको भनेर अवरोध गर्ने प्रयास गरिहेकोले अझै ढिाला भइरेको र स्वातन्त्र तरिकाले विकास निमार्ण गतिविधी अगाडी वढाउन दिए चैत वैशाखसम्ममा कालिकाका सवै वडामा गाडी गुड्ने गाउपालिका अध्यक्ष चौलागाँइको भनाइ रहेको छ ।

साथै उनले आफुले चुनावमा पहिला यो सडकलाई पहिलो प्राथामिकता दिएर अगाढि वढेकाले अहिले यो कालिकोटका सवै पालिकाहरु भन्दा कालिकामा आफुले वाचा कवुल अनुसार नै विकास निर्माणका कामहरु तीव्र गतिमा अगाढि वढाएको बताए ।
अहिले सेरिघाट बजारदेखि भर्ताको वुढाघाट सम्म काम सम्पन्न भएको देख्दा स्थानीय हर्षित भएका छन् । यो वाटोमा हिजोका दिनमा मान्छेले हिड्न समेत कठिनाइ हुने गरेकाले अहिले सजिलै तरिकामा डाँडि पानी जान सक्ने वाटो भएकाले स्थानीय तथा कामदार निकै खुसि भएका छन् ।

सवै भन्दा अफ्ठेरो सेरिघाटको डेढ किलो मिटर कडा चट्टानमा काम सम्पन्न भइसकेको छ । कतैवाट रोकावट भएन भने फाल्गुण महिनाको मसान्तसम्ममा भर्ताको नैनेल डाँडासम्म गाडि पु¥याउने लक्ष रहेको कालिका गाउपालकिा–२ भर्ताका वडाध्यक्ष धनराज शाही वताउछन ।

सो सडक खण्डमा खुन्टिको जिम्मा लिएका खुन्टि नाइके सुर्यप्रसाद अधिकारिले भने ठेकेदार हरुले आफु मात्र बजेट पचाउँदै कामदारलाई ठगि गर्ने प्रवृतिका कारणले गर्दा पनि हिजोका दिनहरुमा यो सडकलाई अगाडि वढाउन नसकिएको वताउँदै अहिले स्थानीयको सरकार गठन भइसके पनि पालिकाको जिम्मा लागिसकेकोले यो सडक अगाढि वढेको बताए ।