गर्भवति भएपछि प्रेमीले गरे प्रेमीकाको हत्या

0
Shares

अनिल खत्री, गुल्मी । प्रेम सम्बन्धका कारण गुल्मीको कालिगण्डकी नदिमा एक युवती मारेर फालेका खुल्नमा आएको छ । बुधवार साँझ कालिगण्डकी गाउँपालिका ४ घुमाउने भन्ने स्थानमा खोलामा युवतीको शब फेला परेको थियो ।

खोलामा फेला परेको शब वाग्लुङ्ग जिल्ला जैनिनि नगरपालिका २ धुसेनी बस्ने २२ वर्षिय कमला शर्माको शब रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए । शबसँगै एक युवकलाई गुल्मी प्रहरीले नियन्त्रणमा लिएको छ ।
युवतीलाई मारेको आशंकामा पर्वत जिल्ला बिहादी गाउँपालिका ८ ठगुवा बस्ने २३ वर्षका प्रदीप पराजुलीलाई नियन्त्रण लिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए । मृतक कमला र प्रदीप बिच पहिलेदेखि प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धकै कारण गुल्मीको कालिगण्डकी गाउँपालिका र पर्वत जोडने झोलुङ्गे पुलबाट मारेर खोलामा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रेम सम्बन्धसँगै युवतीसँग गर्व रहन गएको भन्दै मृतक कमलाले बिवाह गरम भन्दा नमानि गएको माघ ५ गते मारेर फालेको युवकले प्रहरी समक्ष वयान दिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए । उनिहरुबिच रहेको प्रेम सम्बन्ध युवतीको घर परिवारलाई समेत जानकारी रहेको युवकले प्रहरीलाई वयान दिएका छन् ।

मृतक कमला परिवारको सम्पर्कमा नआएपछी पविारले उक्त युवक बिच सम्बन्धका कारण केहि भएको हुनसक्ने भन्दै वाग्लुङ्ग प्रहरीमा उजुली दिएका थिए । मृतक कमलाको शबलाई बाग्लुङ्ग रहेकाले परिवारको अनुरोधमा वाग्लुङ्ग अस्पतालमा पोष्टमाटम गर्ने गरि जिम्मा लगाईएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारीरहेको प्रहरीले जनाएको छ ।