वालअधिकार संरक्षणका लागि प्रहरीको क्षमता विकास

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । वालअधिकार संरक्षण र सम्वद्र्धन गर्न प्रहरीहरुका लागि दुइ दिने क्षमता विकास तालिम बिहीबार देखि जिल्ला सदरमुकाम मान्ममा सुरु गरिएको छ ।

जिल्लामा वालविवाह,वाल हिंसा,वालयौन दुव्र्यवाहरका घटनाहरु बृदि हुदै गएकोले जिल्ला प्रहरी कार्यालय महिला वालवालिका सेवा केन्द्र, मुद्धा शाखामा काम गर्ने प्रहरी,इलाका प्रहरी कार्याल तथा प्रहरी चौकीका इन्चर्जको सहभागितामा तालिम सञ्चालन गरिएका हो ।

जिल्लामा दिन प्रतिदिन वालश्रम,वालविवाह,यौन दुव्यवार वढ्दै गएकाले कानूनको कार्यन्वयन गर्ने निकाय प्रहरीलाई अभिमुखिकरण गर्नु परेको आयोजक सस्था किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पण्डेले वताए ।

सेभ चिल्डे«न नेपालको सहयोगमा विगत द्धन्दकाल देखिनै किर्डाकले वालअधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएको हुनाले परिवर्तित परिस्थितिमा पनि वालअधिकार संरक्षण र सम्वद्र्धनका लागि जिल्लाको शान्ति सुरक्षको जिम्मेवार प्रहरीहरुलाई क्षमता विकास तालिम प्रदान गर्नु परेको संयोजक पाण्डेले सुनाए ।

सेभ द चिल्डे«नका वालअधिकार अधिकृत वाले विश्वकर्माले सहजिकरण गर्ने तालिममा वालअधिकार सम्वन्धि महासन्धि,नेपालको संविधान वालअधिकार प्राब्धान कार्यन्वयनको अवस्था र वालअधिकार संरक्षणमा प्रहरीको भूमिकाका वारेमा छलफल गरिने छ ।