अख्तियारको नवनिर्मित भवनको बुटवलमा उदघाटन

0
Shares

यमलाल भुसाल, बुटवल । पाँच नम्बर प्रदेश स्थिरिय अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालयको नवनिर्मित भवनको उद्घघाटन गरिएको छ । ५ करोड ५९ लाख ३७ हजार ६ सय ९३ रुपियाँ लागतमा निर्माण भएको भवनको विहिवार बुटवलमा आयोग प्रमुख आयुक्त दीप बस्न्यातले उद्घघाटन गर्नु भएको होे ।

बुटवलको सडक डिभिजन परिसरमा निर्मित कार्यालय र ब्यारेकको आयोग प्रमुख आयुक्त बस्न्यातले उद्घघाटन गर्नुभएको हो ।

भवन उद्घघाटन गर्दे प्रमुख आयुक्त बस्न्यातले देश प्रादेशिक संरचनामा गएपछि सबै सात प्रदेशमा सरकार गठन हुने भएकाले यस क्षेत्रमा बढी पारदर्शिता आवश्यक रहेको बताउनुभयो ।

उहाँले मुलुक संघिय संरचनामा गएकोले आयोगका मुलुक भरी रहेका १० वटा कार्यालयलाई पनि समायोजन गरि प्रदेशकै शैलीमा सात वटा बनाईने बताउनु भयो ।

आयोग आफंैले धेरै क्षेत्रका कामलाई थप पारदर्शी गराउँदै लगेको र एकल प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण संभव नभएकाले सामुहिक भावनाको विकास जरुरी रहेको उहाँको कथन थियो ।

प्रमुख आयुक्त बस्न्यातले अब राष्ट्रसेवक कर्मचारी तथा अख्तियार चनाखो हुनुपर्ने बेला आएको छ भन्दै स्थानिय, प्रदेश र केन्द्रिय गरि ३ तहका सरकार भएकाले आयोगले शुसासनलाई बढी ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

बस्न्यातले सिंहदरबारको सुविधा स्थानीयस्तरमा पुगेका कारण अब सबै चनाखो भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सिंहदरबारमा हुने अभ्यास तल्लो तहसम्म पुगेको भन्दै प्रशासनिक र विकास खर्चलाई पारदर्शी गर्नु कर्मचारी संयन्त्रको जिम्मेवारी रहेको समेत बताउनुभयोे ।

विकासका काम गर्दा बढी जिम्मेवारी बोधका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिँदै प्रमुख आयुक्त बस्न्यातले भन्नुभयो–बढी भ्रष्टाचार विकास निर्माणका काममा हुन्छन् । यसलाई थप पारदर्शी बनाउनुपर्छ ।

हाल गाउँगाउँमा स्थानीय तह, प्रादेशिक संरचना भएको अवस्थामा बढी चनाखो भएर काम गर्न उहाँले निर्देशन दिनुभयो । आयोगका सचिव राजन खनालले आयोगको भूमिका अझ सशस्तm र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।

प्रदेश नम्बर ५ का प्रमुख सचिव शंकर पाठकले पारदर्शी शासन व्यवस्थाका लागि सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा बताउनु भयो । अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालय पोखराका प्रमुख यदु प्रसाद पन्थी र बुटवलकार्यालयका प्रमुख विमल बस्नेतले दुई वर्ष साढे नौ महिनामा भवन तयार भएको जानकारी गराउनु भएको थियो ।