वैकल्पिक मार्गको खोजी

0
Shares

नुवकोट । गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी सडकखण्ड अन्र्तगतको वटर, विदुर र त्रिशुली क्षेत्रमा वैकल्पिक मार्ग खोज्नुपर्ने विदुर, वट्टार र ढुङ्गेका स्थानियवसीहरुले माग गरेका छन ।

गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी सडक विस्तारले जनसमुदायमा पारेको प्रभाव विषयक आज विदुरमा भएको अन्र्तक्रिया कार्यक्रममा स्थानियवासीहरुले उक्त धारणा व्यत्त गरेका हुन । स्थानिय शिवकुमारी डंगोलका अनुसार सडक वरपर वस्तीहरु बसीसकेकोले अन्र्तराष्ट्रिय नाका खोल्न सहज नभएको बताउनुभयो ।

डंगोलले अहिले ५ मिटर छोड्दा पछि आउने पुस्ताहरु त्यहाँबाट बिस्तापीत हुनुपर्ने धारणा व्यक्त गर्नु्भयो । डंगोलले आफुहरु विकासको विरोधी नभएको भन्दै सडकको विकल्प खोद्दा उपयुत्त हुने धारणा व्यत्त गर्नुभयो ।